गान्तोकः आफ्नो फुटबल क्लब युनाइटेड सिक्किम एफसी र रोयल इनफिल्ड मोटरबाइक कम्पनीको तत्वाधानमा अनि स्थानीय पञ्चायत एवं गाउँलेहरूको सहभागितामा भारतका पूर्व राष्ट्रिय फुटबल कप्तान भाइचुङ भोटियाले आज राजधानी गान्तोकदेखि केही माथि अवस्थित पाङ्थाङमा सफाई अभियान चलायो। विश्व पर्यावरण दिवसको अवसर पारेर आयोजित आजको कार्यक्रममा गाउँलेहरूलाई आफ्नो गाउँ-घर सफा राख्न विभिन्न उपकरण जस्तै डस्ट बीन, ग्लोब्स, रेन कोट आदि साथै बाल बालिकालाई खेलकुद सामाग्री प्रदान गरियो
Facebook Comments Box